आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
काठमाडौँ– आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा आसिफ शेख र गुल्सन झाले महत्त्वपूर्ण योगदान दिए। आसिफले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३८ रन बनाए भने ओपनर कुशल भुर्तेलले २१ बलमा २१ रन जोडे।
कप्तान रोहितकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भए पनि छैटौँ विकेटका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले साझेदारी गर्दै नेपाललाई जित दिलाए। गुल्सनले २० बलमा १ चौका र २ छक्कासहित नटआउट २८ रन बनाए भने दीपेन्द्रसिंह ऐरी १४ बलमा नटआउट १४ रनमा रहे।
जापानका लागि शोमा स्लाटरले २ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन को योगदान दिए। उनले ४६ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे। त्यसैगरी इसाम रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए।
नेपालको बलिङमा गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवले पनि समान एक–एक विकेट आफ्नो नाममा दर्ता गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
