नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।
काठमाडाैँ– यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा दिने घोषणा नोबेल पुरस्कार छनौट समितिले बिहीबार गरेको छ।
पुरस्कार समितिका अनुसार 'मेटल–अग्र्यानिक फ्रेमवर्क' (एमओएफ)को विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो।
समितिका अनुसार उनीहरूले 'मलिक्यूलर आर्किटेक्चर'को नयाँ शैली विकास गरेका छन्। धातुका आयन र प्रांगारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्।
यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्सा शास्त्रतर्फ र मंगलबार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा हुनेछ।
क्योटो विश्वविद्यालयमा प्राध्यापक कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो। पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताए।
यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। उनी बक्र्लीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक हुन्। रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने उनी अहिले मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्छन्।
उनीहरूले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए। त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
