संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)ले गाजाका बालबालिकाहरू अकल्पनीय समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)ले गाजामा १० लाखभन्दा बढी बालबालिका रहेको पुष्टि गर्दै उनीहरूका लागि गाजाको कुनै पनि ठाउँ सुरक्षित नरहेको जनाएको छ।
यूएनआरडब्लूएले जारी गरेको विज्ञप्तिमा इजरायली सेनाले अन्तर्राष्ट्रिय कानून र बालअधिकारको बेवास्ता गर्दै गाजामा सुतिरहेको समयमा समेत बालबालिकाहरूको हत्या गरेको उल्लेख छ।
एजेन्सीले सामाजिक सञ्जाल 'एक्स'मार्फत पाँच लाखभन्दा बढी बालबालिकालाई मनोवैज्ञानिक सहयोग गरेको जानकारी दिँदै गाजाका बालबालिकाहरू अकल्पनीय समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।
यूएनआरडब्लूएले गाजामा बच्चाहरू सुतिरहेको, विद्यालयमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा समेत उनीहरूलाई निशाना बनाइएको भन्दै दुःख व्यक्त गरेको छ।
यसअघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा दशौँ हजार बालबालिका अझै फसेको पुष्टि गर्दै बम विस्फोटका कारण धेरै बालबालिकाहरू अंगभंग भएको बताए। उनले निरन्तरको आक्रमणले बालबालिकाहरू थरथर काँपिरहेका उल्लेख गर्दै भने, “बालबालिकामाथि गरिएको क्रूरता अमानवीय हो।”
गाजाको अल–मवासी क्षेत्र विश्वको सबैभन्दा घना जनसंख्या भएको क्षेत्र हो। तथापि, यो क्षेत्रका मानिसहरू जीवनका आधारभूत आवश्यकताबाट वञ्चित छन्, जसले गर्दा बालबालिकालगायत सम्पूर्ण परिवार कष्टकर जीवनयापन गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
