मलेसियामाथि नेपालको जित, सिरिज २–२ को बराबरीमा

सिरिजअन्तर्गत चौथो खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँ– मलेसियाविरुद्धको टी२० सिरिजअन्तर्गतको चौथो खेलमा नेपाल विजयी भएको छ।

मंगलबार बिहान भएको नेपाल ६ विकेटले विजयी भएको हो। मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

कप्तान ईन्दु बर्मा ३९ बलमा ४८ रनमा अविजित रहिन्। रुबिना क्षेत्रीले २३ बलमा अविजित २३ रन बनाइन्। मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान १–१ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो। मास एलिसाले अविजित ५६ रन बनाइन्। माहिराले १८ तथा नुर दानियाले १५ रन बनाइन्।

नेपालकी कविता कुँवरले ३ तथा पूजा महतो र कविता जोशीले समान १-१ विकेट लिए।

सिरिसको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। दोस्रो खेलमा ६ विकेटको जित हासिल गरेको थियो। तेस्रो खेलमा भने १३ रनले पराजित भएको थियो।

यो सँगै सिरिज २–२ को बराबरीमा पुगेको छ। अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ।