सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका छन्।
खोकीको सिरप सेवनपछि बालबालिकाको मृत्यु भएपछि भारतका चार राज्यले उक्त औषधिमा प्रतिबन्ध लगाएका छन्।
मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ।
‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो।
“यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ,” मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने। उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डीईजी) पाइएको छ। जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ।
“नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बढी डीईजी पाइएको छ,” मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरप विश्वव्यापी रूपमा विवादमा आएका छन्।
सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका हुन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
