बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। घाइते १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक र एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ– पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ६ र घाइते १८ जनाको पहिचान खुलेको छ। रुपन्देहीका सालझन्डिबाट पाल्पाको रैनादेवी छहरा–८ खुर्सानेतर्फ गइरहेको बस मधुवनमा दुर्घटना भएको थियो।
बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे र १९ वर्षीया विमा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे साे वडाका वडाध्यक्ष रेमबहादुर रानाले बताए।
दुर्घटनामा घाइते भएका १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र जितगढीको एडमन सिटी हस्पिटलमा उपचार भइरहेको रानाले बताए।
घाइते हुने पनि रैनादेवी छहारा–८ का हुन्। घाइतेहरू २२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, ७२ वर्षीया पूर्णकला दर्जी, ६० वर्षीया यमकला रास्कोटीकाे उपचार भइरहेकाे छ।
यस्तै ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी पाण्डे, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाँहा, ९ वर्षीया अप्सना रास्कोटी, ३५ वर्षीया पवित्रा भनिने फर्सिकला पाण्डे, २८ वर्षीया लिमकली पाण्डे निजकी छोरी ३ महिनाकी आर्या पाण्डे र ७३ वर्षीया श्यानिकला पाण्डे रहेका छन्। घाइते अधिकाशंको हातखुट्टा भाँचिएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
