जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट गत वर्ष ५६ हजार १२३ जनाले सेवा लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ जनाले लिएका थिए।
चितवन– कोरोना संक्रमण महामारीपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढेको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट एक वर्षमा ५६ हजार १२३ जनाले सेवा लिएका छन्। बहिरंग सेवा नौ हजार २९९, योग सेवा दुई हजार ८४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार ७९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा ८१३ जनाले लिएका छन्।
यस्तै औषधालय सेवा २९ हजार ८२३ जनाले लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ तथा २०७६/७७ मा आठ हजार ७१२ जनाले सेवा लिएको केन्द्रले जनाएको छ। कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख डा. कोपिला अधिकारीले बताइन्। “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन्।”
सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको उनले बताइन्। २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ। यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मंगलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ।
केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया शुरू भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माण सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादन प्रक्रिया अघि बढेको उनले बताइन्। आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा. सुरेश महर्जनले १३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए।
उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ। त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन्। अमला, हर्रो, बर्रो, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनले बताए। उपकरण खरिदका लागि दुई करोड र कच्चा पदार्थ खरिदका लागि ६० लाख बजेट विनियोजन भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
