पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देहीको सालझण्डिबाट खुर्सानेतर्फ गइरहेको बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

काठमाडौँ– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

बुधबार राति रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ गइरहेको बस बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको सो वडाका वडाध्यक्ष रेमबहादुर रानाले उकालोलाई बताए।

रानाका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूको बुटवलमा उपचार भइरहेको रानाले बताए। श्रीनगर यातायात को बस राति साढे नौ बजे दुर्घटनामा परेको थियो।

“बस सडकबाट करिब ६० मिटर तल खसेर रूखमा अड्किएको छ”, उनले भने, “सहचालक र बस धनी फरार छन्।”