नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो।
काठमाडौँ– युनिटी कप टी२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ।
मंगलबार राति नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। अमिर जांगुले अविजित ७४ रन र अकिम अगस्टेले अविजित ४१ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रन बनाउँदै अलआउट भयो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए।
वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ विकेट लिए। अन्तिम खेलमा पराजय बेहोरे पनि नेपालले शुरूका दुई खेल लगातार जितेर शृंखला आफ्नो नाममा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
