यस्तो रहनेछ सोमबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।  

तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति राति गण्डकी र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।