राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको बताए। राजधानी वरपरको क्षेत्रमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ।
रुसले रातारात ‘सयौँ’ ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दा राजधानी किभमा मात्रै कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
नेटो सैन्य गठबन्धनको हवाई क्षेत्रमा ‘कथित आक्रमण’को जवाफमा कडा कारबाही नगर्न रुसले चेतावनी दिएलगत्तै यो आक्रमण भएको हो। यो ब्यारेज आक्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभले रुसी आक्रमणबाट बच्नका लागि अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम प्राप्त गरेको खुलासा गरेपछि भएको थियो।
रुसले युक्रेनी शहरहरूमा मानिस सुतिरहेको समयमा हवाई आक्रमण गरेको विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बताएका छन्। राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको जानकारी दिए। उद्धारकर्ताहरूले भने मृतकहरूको संख्या बढ्नसक्ने चेतावनी दिएका छन्।
राजधानी वरपरको क्षेत्रमा रुसी आक्रमणमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख माइकोला कालाचनिकले टेलिग्राममार्फत पुष्टि गरेका छन्। यसैगरी, दक्षिणपूर्वी जापोरिझिया क्षेत्रका गभर्नरले उक्त आक्रमणमा कम्तीमा चार जना घाइते भएको जानकारी दिएका छन्।
युक्रेनको राष्ट्रपति कार्यालय प्रमुख एन्ड्री यर्माकले मस्कोलाई ‘नागरिकविरुद्ध युद्ध’ चलाएको आरोप लगाउँदै किभका पश्चिमी सहयोगीलाई अझै ठूलो कारबाही गर्न आग्रह गरेका छन्।
पोल्यान्डको सशस्त्र बलले सामाजिक सञ्जाल 'एक्स'मार्फत वार्साले आफ्नो हवाई क्षेत्रमा लडाकु जेटहरू परिचालन गरेको तथा रुसको आक्रमणको प्रतिक्रियामा हवाई रक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेको बताएको छ।
पछिल्लो समयमा धेरै युरोपेली देशहरूले रुसलाई ड्रोन र लडाकु जेटहरूद्वारा आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएका छन्, जसलाई नेटोले आफ्नो संकल्पको परीक्षणको रूपमा हेरेको छ। रुसले भने आक्रमणको जिम्मेवारी आफूले नलिएको वा कुनै पनि नेटो राष्ट्रमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गरेको छ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई शनिबार सम्बोधन गर्दै मस्कोका विदेश मन्त्री सर्गेइ लाभ्रोभले आफ्नो देशविरुद्ध कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने बताएका छन्।
यसैबीच, किभ र मस्कोले शनिबार रुसको कब्जामा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक ऊर्जा संयन्त्र चार दिनदेखि ग्रिडबाट बाहिर रहेको र सम्भावित आणविक घटनाको डर रहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
