वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको छ। 

यूएईको शारजाह क्रिकेट रंगशालामा शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। 

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो। उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए। अमिर जांगो र किएसी कार्टीले समान १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन्। त्यस्तै  कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए। गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने नवीन विदायसीले ३ तथा कप्तान अकिल होसेनले १ विकेट लिए।

नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध खेलेको हो। दोस्रो खेल सोमबार हुनेछ।


अर्को सातादेखि ओमानमा हुने आईइसीसी टी२० एशिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले ३ खेलको टी२० अन्तर्राष्ट्रिय सिरिज खेलेको हो।