गण्डकी प्रदेशमा २५ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते दिउँसाे ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।

कास्की– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न राजनीतिक दललाई आह्वान गरेका हुन्। उनले पुस २५ गते दिउँसाे ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

"कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त भएको नदेखिएकाले नेपालको संविधान २०७४ को धारणा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि मिति २०७९ पुस २५ गते सोमबार १६:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युबाट आह्वान गर्नुभएको ब्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ", प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गण्डकीमा ६० सदस्ययी प्रदेशसभा छ। सरकार गठनका लागि ३१ सांसदकाे समर्थन लिनुपर्ने हुन्छ।