सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।
सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।
फिलिपिन्सको मौसम सेवाका अनुसार दिउँसो ३ बजे (नेपाली समय ११:१५) टाइफुनले कम जनसंख्या भएको बाबुयान शृंखलाको कालायन टापुमा जमिन छोएको थियो। दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा २१५ किलोमिटर प्रतिघण्टाको स्थिर हावा र २९५ किलोमिटरसम्मको झोकासहितको हावा चलेको थियो।
उत्तरी कागायन प्रान्तको अपार्रीका बासिन्दा तिर्सो तुगागाओले ‘तीव्र हावाले झ्यालमा ठोक्किँदा स्विच अन भएको मेसिनजस्तो लाग्यो’ भनेर आफ्नो अनुभव सुनाए। प्रान्तीय विपद् प्रमुख रुएली राप्सिङले आफ्ना टोलीहरू ‘सबैभन्दा खराब अवस्था’का लागि तयारीमा रहेको बताए।
मनिला र अन्य २९ प्रान्तमा विद्यालय र सरकारी कार्यालयहरू बन्द भएका छन्। देशभर १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चीनको सेन्जेन शहरले तटीय र तल्लो क्षेत्रका बासिन्दालाई सार्ने योजना बनाएको छ। गुआङ्डोङ प्रान्तका अन्य शहरहरूमा पनि कक्षा र कामकाज रोकिएका छन् भने सार्वजनिक यातायात स्थगित गरिएको छ।
यसैगरी, हङकङस्थित क्याथे प्यासिफिकले पाँच सयभन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ ६ बजेदेखि यातायात अवरुद्ध हुने र बिहीबार दिउँसोतिर मात्र पुनः शुरू हुने बताइएको छ।
ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा 'अत्यन्त मुसलधारे वर्षा' हुने चेतावनी दिएको छ। करिब ३२० किलोमिटर फैलिएको आँधीको असर अहिले नै टाढाका भागसम्म देखिन थालेको छ। पिङटुङ नजिकैको पहाडी क्षेत्रमा मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारी जेम्स वुले जानकारी दिए। “दुई वर्षअघिको टाइफुन कोइनुजस्तै क्षति हुने डर छ,” उनले भने।
फिलिपिन्सका मौसमविद् जोन ग्रेन्डर अल्मारियोले उत्तरी लुजोनमा ‘गम्भीर बाढी र भूस्खलन’ हुनसक्ने चेतावनी दिएका छन्। विगतका वर्षा नियन्त्रण परियोजनाहरू अपूरा वा बिग्रेका कारण भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शनपछि आएको यो खतरा थप संवेदनशील बनेको छ।
प्रशान्त चक्रवात बेल्टमा पर्ने फिलिपिन्समा वर्षैभर औसतमा २० वटा आँधी वा टाइफुन आउने गर्छन्। यसले लाखौँ मानिसलाई गरिबी र विपद्को जोखिममा पारेको छ। वैज्ञानिकहरूले विश्वव्यापी तापक्रम बढ्दै जाँदा मानव सिर्जित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
