फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
बाढी नियन्त्रण परियोजनामा सांसद, अधिकारी र व्यवसायीहरू संलग्न रहेको भनिएको भ्रष्टाचार काण्डलाई लिएर आइतबार फिलिपिन्सको राजधानी मनिलामा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
सम्भावित हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको छ। राजधानीको ऐतिहासिक मनिला पार्क र इड्सा राजमार्ग नजिकको लोकतन्त्र स्मारक वरिपरि अलग-अलग प्रदर्शनस्थलमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएको छ। आयोजकहरूले यसलाई हालैका वर्षहरूमा भएको भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन बन्ने अपेक्षा राखेका छन्।
संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन चेतावनी दिएका छन्।
प्रदर्शनकारीहरूले फिलिपिन्सको झन्डा बोक्दै 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर देखाएर दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले भनिन्, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट अवैध सम्पत्ति कमाएर लक्जरी कार र विदेश यात्रामा खर्च गर्छन्। हामी यस्तो प्रणालीको अन्त्य चाहन्छौँ।” उनले आफू बस्ने बाढीग्रस्त बुलाकान प्रान्तमा धेरै परियोजनाहरू खराब गुणस्तरका वा अस्तित्वमै नरहेको अनुसन्धान भइरहेको पनि बताइन्।
फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण विरोधका लागि आग्रह गर्दै भने, “हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउनु हो।”
आयोजकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई राजीनामा दिन माग नगरी भ्रष्ट सांसद, अधिकारी र ठेकेदारहरूलाई मात्र निशाना बनाइने बताएका छन्।
मार्कोसले यसै वर्षको वार्षिक राष्ट्र सम्बोधनमा उक्त काण्डको खुलासा गरेका थिए। सन् २०२२ पछि शुरू भएका ९ हजार ८५५ बाढी नियन्त्रण परियोजनामध्ये धेरैमा ५ खर्ब ४५ अर्ब पेसो (९.५ अर्ब डलर) बराबरको अनियमितता भएको भन्दै उनले एक स्वतन्त्र आयोग गठन गरेका थिए। भ्रष्टाचारलाई 'भयानक' भन्दै उनले निर्माणमन्त्रीको राजीनामासमेत स्वीकार गरेका थिए।
मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ महँगा कार र एसयुभी देखाएपछि जनआक्रोश झन् चर्किएको थियो। उनीहरूले चार करोड २० लाख पेसो (सात लाख ३७ हजार डलर) बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क छाता पाएको भन्दै प्रदर्शन गरेका थिए।
सिनेट सुनुवाइमा दम्पतीले कम्तीमा १७ जना सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो मात्रामा घुस तिर्न बाध्य पारिएको खुलासा गरेका थिए। छुट्टै अनुसन्धानमा दुई जना प्रमुख सिनेटरलाई पनि एक पूर्वइन्जिनियरले फसाएका छन्। नाम लिइएका सबैले आरोप अस्वीकार गरे पनि धेरै जना अनुसन्धानको दायरामा छन्।
दुवै सदनमा सांसदहरू संलग्न भएको पाइएपछि सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन्।
भ्रष्टाचारमा संलग्न कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ। उनीहरूले आपराधिक मुद्दा सामना गर्नेछन् र उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता रोक्का गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
