तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। 

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढेको थियो। त्यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ। 

महासंघका अनुसार आज चाँदी २ हजार ५५० रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ। 

यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।