सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार शुरू गरिएको छ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी शुरू भएको हो। “बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात–निर्यात हुन सकेको छैन। चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ। त्यहाँबाट नियमित जाँचपास शुरू भइसकेको छ,” बर्तौलाले भने।
कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यो नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।
विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सार नाकाबाटसमेत आयात गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए।
यसअघि बैंक तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
