आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ। आयोगले ४ मंसिरमा हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि क्षेत्रअनुसार फरक-फरक खर्चको सीमा तोकेको हो।
आयोगले तीनवटा पक्षलाई आधार मानेर निर्वाचनमा गर्न सकिने खर्चको सीमा निर्धारण गरिएको जनाएको छ। आयोगका अनुसार निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ८० प्रतिशत भार, मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानेर खर्चको सीमा निर्धारण गरिएको हो।
आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। सबैभन्दा कम पाँचवटा निर्वाचन क्षेत्रमा २५ लाख र सबैभन्दा बढी २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार काठमाडौँ १, ३, ६, ७ र ८ बाट उमेदवारी दिएकाले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। ताप्लेजुङ १, पाँचथर १, संखुवासभा १, सोलुखुम्बु १, खोटाङ १, दोलखा १, रामेछाप १, काभ्रेपलाञ्चोक १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्यूठान १, दाङ १, बर्दिया १ र २, सल्यान १, डोल्पा १, हुम्ला १, जाजरकोट १, बझाङ १, डोटी १, बैतडी १ मा अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाइने छ।
आयोगले १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६३ वटा निर्वाचन क्षेत्रमा २९ लाख र ५१ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ खर्च गर्न पाइने जनाएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
