तोलामा १ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। सोमबार २ हजार ५७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५९५ रुपैयाँ कामय भएको छ।