चरित्र हत्या नगर्न ‘बारबरा फाउन्डेसन’को आग्रह

बारबरा फाउन्डेसनले देशको संवेदनशील अवस्थामा आफ्नो नाम जोडेर भइरहेको भ्रामक प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौँ– डा. सन्दुक रुइत अध्यक्ष रहेको बारबरा फाउन्डेसनले देशको संवेदनशील अवस्थामा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै आफू एक गैरनाफामूलक सामाजिक संस्था भएको र यसको मुख्य उद्देश्य खोजपत्रकारिता पुरस्कार, वातावरण तथा संस्कृति संरक्षणसम्बन्धी फेलोसिप र टक सिरिज सञ्चालन गर्ने रहेको स्पष्ट पारेको छ।

फाउन्डेसनले मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने उद्देश्यले संस्थाको चरित्र हत्या नगर्न आग्रह गरेको छ।