शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।

पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णालीको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।