राष्ट्रपति कार्यालयले मुलुकको विषम परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ताको आकांक्षाअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाएको छ।
काठमाडौँ– अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको आकांक्षाअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनुपर्ने भएको छ। देशमा उत्पन्न राजनीतिक संकटलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुकको विषम परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ताको आकांक्षाअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाएको छ। “६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार साँझ नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति पौडेलसमक्ष उनले नेपालको संविधानको धारा ८० बमोजिम शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, राजनीतिक दलहरूसँगको परामर्श तथा मुलुकमा देखिएको असाधारण परिस्थितिलाई ध्यानमा राख्दै संविधानको संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि राष्ट्रपतिले आफ्नो अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो। मोरङकी स्थायी बासिन्दा कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
