नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नियुक्त प्रधानमन्त्री कार्कीलाई शपथ खुवाएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा (३) र (४)लाई टेकेर उनलाई प्रधानमन्त्री नियुक्ति गरेका थिए। उक्त उपधारामा राष्ट्रपतिको प्रमुख कर्तव्य नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्ने उल्लेख छ।
'जेनजी' आन्दोलनकारीको मागलाई सम्बोधन गर्न र देशमा उत्पन्न संकटको निकास खोज्न पूर्वप्रधानन्यायीश समेत रहेकी कार्कीलाई अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिइएको हो। ६ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिम सरकार नेतृत्व गर्ने छिन्। उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। जेनजीको आन्दोलन हिंसात्मक बनेपछि गत मंगलबार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
कार्कीको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने सहभागी भएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
