जेनजी आन्दोलनले राजनीतिक अस्थिरता निम्त्याए पनि यसलाई भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताएका छन्।
काठमाडौँ– नेपालमा हालै भएको ‘जेनजी’ प्रदर्शनले भौतिक रूपमा ठूलो क्षति पुर्याए पनि यसलाई अर्थतन्त्र सुधारका लागि ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा उनीहरूले यो आन्दोलन भ्रष्टाचार, कुशासन र बेथितिविरुद्धको अभियान भएकोले यसलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ पुस्ताको नेतृत्वमा देशभरबाट भ्रष्टाचारविरुद्ध एकसाथ आवाज उठ्नुलाई महत्त्वपूर्ण उपलब्धि भएको बताए। “यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर र लगानीकर्ताको आत्मविश्वास बढाउने विषयलाई प्राथमिकता दिनुपर्छ,” उनले भने।
खनालले यो समस्या मानव निर्मित भएकाले दातृ निकायबाट सहयोग पाउन सहज नहुने बताए। तर, विगतका आन्दोलनको तुलनामा अहिले भौतिक संरचनामा ठूलो क्षति नभएको र नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले फेरि उठ्न ठूलो समस्या नहुने उनको भनाइ छ। “जेनजीले उठाएका विषयले हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,” उनले थपे, “आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।”
उनले रेमिट्यान्स, कृषि र पर्यटनजस्ता अर्थतन्त्रका मुख्य क्षेत्रमा ठूलो असर नपरेकाले पुनरुत्थान हुन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे। तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ ।
अर्थशास्त्री डा. समर खतिवडाले जेनजी आन्दोलनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको र सुशासनका लागि सन्देश दिएको टिप्पणी गरे। उनले यो अवस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न पनि अवसर हुन सक्ने बताए।
पर्यटन क्षेत्रमा केही पूर्वाधारमा क्षति पुगे पनि सम्भावना अझै रहेको उनले उल्लेख गरे। यद्यपि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्याका कारण विदेशी पर्यटक निरुत्साहित हुन सक्ने भन्दै सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।
खतिवडाले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए। उनले नेपालमा आउने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै भएकाले यसमा ठूलो चिन्ता लिनुपर्ने अवस्था नरहेको र यसलाई बढाएर तीन प्रतिशत पुर्याउने विषयमा काम गर्न सकिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
