भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले बताएका छन्।
भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन्। बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफै फर्किएका हुन्।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए। बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए। उनीहरूलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए।
“बुधबारको माहोल बेग्लै थियो। त्यतिखेर सबै निस्किएर गए,” ढुंगानाले भने, “सरकारले भागेका व्यक्तिलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन्।” कैदीहरूले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।
आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मी कैदीहरूलाई छाड्न बाध्य भएका थिए। उनीहरूले मूल गेटमा आगो लगाएका थिए। ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए। जसमा ४६ जना महिला रहेको ढुंगानाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
