चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।
विज्ञप्तिमा, भ्रष्टाचार निवारण, सुशासन, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयहरूलाई सबैले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता रहेको औँल्याइएको छ।
चेम्बरले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष र युवालाई रचनात्मक सहकार्य र संवादमार्फत दीर्घकालीन समाधान खोज्न आह्वान गरेको छ। यसले देशमा थप निराशा, खल्बलिएको व्यावसायिक वातावरण र लगानीमा पर्ने प्रतिकूल असरलाई कम गर्न मद्दत गर्ने चेम्बरको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
