आगलागीको भोलिपल्ट यस्तो देखियो संसद् भवन

भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो।

काठमाडौँ– बुधबार बिहान साढे सात बजे सिमसिम पानी परिरहेको थियो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बाहिर सडकमा प्रहरीको ब्यारिकेड, जलेर बाँकी सामानको थुप्रो र इँट्टा हानेका दाग थिए। फलामे रेलिङ र तारबार उखेलेर फालिएका थिए।

null

भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो। 

नागरिकहरू भवन परिसर वरिपरि डुल्दै, फोटो र भिडियो खिच्दै थिए। सुरक्षार्थ सेनाको टोली खटिएको थियो। 

भदौ २३ गते जेनजीको आन्दोलन र २४ गते भएको तोडफोड र आगजनीको शृंखलाको केन्द्रमा रहेको संसद् भवन ध्वस्त भयो। बुधबार बिहानसम्म पनि भवनमा लागेको आगो पूर्ण रूपमा अझै निभेको थिएन। सेनाको  अग्नि नियन्त्रक टोलीले  आगो निभाउने प्रयास गरिरहेको थियो।

null

भवनको बाहिरी संरचना प्रभावित नदेखिए पनि भित्री संरचना भने पूर्ण रूपमा नष्ट भएको देखिन्थ्यो। संसद्को बैठक हलको सिलिङ भत्किएर झरेको थियो। भित्र अझै पनि आगोको लप्का अनि धुँवा आइरहेको थियो। बाहिरी संरचनामा भने आगो लागेको कालो दाग प्रस्टै देखिन्थ्यो।  

भवनको ‘फाउन्टेन’मा फायर एक्सटिंगुइसर, ब्यारिकेड, पानी/बियरको बोतल, कागजपत्र यत्रतत्र देखिन्थ्यो। भुइँ र भित्तामा आन्दोलनकारीले लेखेका देखिन्छ। भवनको मुख्य गेटको बाहिरी भागमा रगतको धब्बा लागेको थियो। 

nullभवनको भित्रपट्टी भुइँमा सिसाका टुक्रा, खरानीको थुप्रो र जलेर बाँकी रहेका सामग्री यत्रतत्र  छरिएका थियो। अधिकांश कागजात जलेर नष्ट भएका थिए भने बचेका कागजात छरपस्ट थियो। केही आधा जलेका त केही फुटाइएका कम्प्युटर फोनलगायत इलेकट्रोनिक उपकरण  यत्रतत्र थिए। दराज र फर्निचर कोही फुटाइएका त केही जलाइएका थिए।  

भवन परिसरमा डुलिरहेका नागरिकलाई केहीबेरमा सेनाले बाहिर निकाल्यो। बिस्तारै सेना र सञ्चारकर्मीको उपस्थिति बाक्लिँदै थियो। 

null

भिडियो: