हिल्टन होटलको आगो आसपासमा घरमा फैलिने जोखिम

होटल आसपासका घरमा आगो फैलिने जोखिम छ। स्थानीयले होटलबाट करिब २०० वटा ग्यास सिलिन्डर बाहिर निकालेका छन्।

तस्वीर: दिपा दाहाल

काठमाडौँ– नक्सालस्थित हिल्टन होटलमा मंगलबारदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। 

आगो नियन्त्रणमा नआउँदा होटल आसपासका घरमा फैलिने जोखिम छ। नक्साल बस्ती नै आगोको जोखिममा रहेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। स्थानीयले होटलबाट करिब २०० वटा ग्यास सिलिन्डर बाहिर निकालेका छन्। 

स्थानीयले सुरक्षाको माग गर्दै प्रदर्शनसमेत गरेका छन्।