काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएका सेनाले जनाएको छ।
काठमाडौँ– काठमाडौँसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र विध्वंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन्।
काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको सेनाले जनाएको छ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएका छन्। बरामद हतियारसँगै म्यागजिन र गोलीगठ्ठासमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसबीचमा २३ जना नेपाल प्रहरी र ३ जना गैरसैनिक घाइते भएका छन्। सैनिक अस्पतालमा उनीहरूको उपचार भइरहेको सेनाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
