यात्रुको सुरक्षालाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म बन्द कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मका लागि बन्द हुने भएको छ।
जेनजीको प्रदर्शनका कारण मंगलबार दिउँसोदेखि बुधबार मध्यान्न १२ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म बन्द कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। दिउँसो विमानस्थल सुरक्षा समितिको बैठक बसेर थप निर्णय गर्ने उनको भनाइ छ।
जेनजीको आन्दोलनका कारण विमानस्थलमा मंगलबार दिउँसोदेखि नै आन्तरिक तथा बाह्य उडान भएको छैन। उडान तथा अवतरण नहुँदा विमानस्थल सुनसान रहेको विमानस्थलका प्रवक्ता रन्जित शेर्पाले बताए।
यसैबीच आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ।
देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
