मुख्य रजिष्ट्रार विमल पौडेलले सूचना जारी गरेर आजको लागि मुद्दाको पेसी स्थगित गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि सबै सुनुवाइ स्थगित भएको जनाएका छन्।
काठमाडौँ– सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएइको छ।
मुख्य रजिष्ट्रार विमल पौडेलले सूचना जारी गरेर आजको लागि मुद्दाको पेसी स्थगित गरिएको जानकारी दिएका छन्। भोलिदेखिका पेसी रहेका मुद्दाहरूको सुनुवाइ पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पनि जनाइएको छ।
आन्दोलनकारीले मंगलबार सर्वोच्चमा लगाएको आगोका कारण भवन पूर्णरूपमा जलेको छ। पौडेलले सूचनामा ‘अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको’ जनाएका छन्।
अदालत परिसरमा अहिले पनि आगो लागिरहेको छ। सर्वोच्च छेउमै रहेको सिंहदरबारमा पनि अहिलेसम्म आगो लागिरहेको छ। अहिले सिंहदरबारलाई सेनाले नियन्त्रणमा लिएको छ। त्यहाँ सर्वसाधारण र कर्मचारीलाई प्रवेश रोक लगाइएको छ।
सिंहदरबारको पश्चिम गेटतर्फको सडकमा पनि सेना छ। त्यहाँबाट सैनिकहरूले सरसफाइ थालेका छन्।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
