निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स शववाहन दमकल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनमात्र सञ्चालन हुने जनाइएको छ।
काठमाडौँ– नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
हाल लागू गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ। बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ।
आन्दोलनका नाममा अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत सार्वजनिक सम्पति तोडफोड तथा आगजनी लुटपाट एवं व्यक्तिलक्षित हिंस्रक आक्रमण बलात्कार प्रयास जस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षालाई मध्यनजर राखी निषेधाज्ञा जारी गरिएको सेनाले जनाएको छ।
निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स शववाहन दमकल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनमात्र सञ्चालन हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
