डिल्लीबजार कारागार तनावग्रस्त

रिहा हुनुपर्ने माग गर्दै कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। त्यहाँ अहिले सेना पुगिसकेको छ।

काठमाडौँ– कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि डिल्लीबजारको चारखालस्थित कारागारमा तनाव उत्पन्न भएको छ।

कारागारभित्र कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर गरेको छ। अहिले काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरेको छ।

अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ।

काठमाडौँको नक्खु कारागारबाट हिजो कैयौँ कैदीबन्दी कारागार सुरक्षा तोडेर निस्किएका थिए। रास्वपा सभापति रवि लामिछानेलाई भने प्रहरीले नक्खुबाटै रिहा गरेको थियो।