परिस्थिति नियन्त्रणमा लिन खटियाे सेना

आफ्नो यस कदममा सहयोग गर्न सेनाले सम्पूर्ण देशवासीलाई अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– आन्दोलनरत पक्षले गरेको आगजनी र लुटपाट रोक्न नेपाली सेना परिचालन गरिएको छ।

यसअघि नेपाली सेनाले सूचना जारी गर्दै नागरिकको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न र सार्वजनिक सम्पत्तिलगायत धनजनको रक्षा गर्न मंगलबार राति १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गरेको थियो। साथै सेनाले यस कदममा सम्पूर्ण देशवासीलाई सहयोग गर्नसमेत अपिल गरेको छ।

सेनाले अन्य सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) समेत तैनाथ हुने जनाएको छ। त्यसपश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने सेनाले जनाएको छ।

‘नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा’ शीर्षकमा सेनाले जारी गरेको अपिलमा सो कुरा उल्लेख छ।

यस्तो छ सेनाको अपिलः
null