जेनजीलाई सन्दुक रुइतको आग्रह– सार्वजनिक सम्पत्ति नोक्सान नगराैँ

जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्।

काठमाडाैँ– डा सन्दुक रुइतले जेनजीलगायत प्रदर्शनकारीलाई संयमित हुन र सार्वजनिक सम्पत्तिमा नोक्सानी नपुर्‍याउन अपिल गरेका छन्।

जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्। आफ्नो फेसबुक पेजमा लेख्दै उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको दायित्व भएको बताउँदै सबै मिलेर देश जोगाउन पनि आह्वान गरेका छन्।

"परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन," उनले भनेका छन्, "सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ। संयम बनौं। सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।"

Dr sap mantri bnna

Teacher baje

2 months, 1 week ago