प्रधानसेनापतिसहित सुरक्षाप्रमुख र मुख्यसचिवको अपिल– संवादबाट समाधान निकालौँ

सुरक्षा निकाय र कर्मचारी तन्त्रका प्रमुखले अहिले संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।

काठमाडाैँ– सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन्।

कर्मचारी तन्त्रका प्रमुख र चार वटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।

उनीहरूले वर्तमान विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरेका छन्।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रूपमा उक्त अपिल गरेका हुन्।

null