बालेनको अपिल– अब संयमित हुनुस्

उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–‍जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।

काठमाडाैँ– काठमाडाैँ महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले आन्दोलनरत समूहलाई संयमित रहन अपिल गरेका छन्।

उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–‍जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्, "हामीले स्पष्ट रूपमा भनेका थियौँ। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला।। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ।"

उनले अब जेनजीकै पुस्ताले देशको नेतृत्व गर्नुपर्ने भन्दै सेना प्रमुखसँग वार्ताका लागि तयार रहन पनि आग्रह गरेका छन्। वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्नेमा उनले जोड दिएका छन्।