स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका छन्।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मंगलबार उनले राजीनामा दिएका हुन्। 

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए। कृषिमन्त्री रामनाथ अधिकारीले यसअघि नै राजीनामा दिने घोषणा गरिसकेका छन्।

गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।