बौद्ध तनावग्रस्त: प्रहरीले चलायो गोली

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरी वृत्त बौद्धमा तोडफोड गर्न थालेपछि झडप भएको हो।

तस्वीर: कृष्ण गिरी/उकालो

काठमाडौँ– काठमाडौँको बौद्धमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। 

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरी वृत्त बौद्धमा तोडफोड गर्न थालेपछि झडप भएको हो। 

null

प्रदर्शनकारीले सडकमा आगो बलेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत दहन गरेका छन्। 

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ। केही राउन्ड हवाई फायर गरेको छ।

केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

null

null