सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।
काठमाडौँ– जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा देशैभर प्रदर्शन भइरहेको छ। कर्फ्यु आदेशका बाबजुत पनि युवाहरूले प्रदर्शन गरिरहेका छन्।

सोमबार आन्दोलनको केन्द्र बनेको नयाँ बानेश्वरचोकमा चारैतर्फबाट आन्दोलन भइरहेको छ। शान्तिनगर, बिजुलीबजार, शंखमूल र पुरानो बानेश्वरतर्फबाट प्रदर्शनकारीहरू चोकमा भेला भएका छन्। बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

काठमाडौँका अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ। सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।

कर्फ्युको परवाह नगरी दमनविरुद्ध युवा सडकमा उत्रिएका छन्। प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरिरहेको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
