कर्फ्युका कारण मंगलबार शेयर बजार नखुल्ने

सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।

काठमाडौँ– काठमाडौँमा जारी गरिएको कर्फ्युका कारण मंगलबार शेयर बजार बन्द हुने भएको छ। 

काठमाडौँ चक्रपथभित्र कर्फ्यु लागेको र कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ। 

जेनजी पुस्ताको आन्दोलनका कारण काठमाडौँ प्रशासनले काठमाडौँ महानगरपालिका चक्रपथभित्र बिहान ८ः३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

null