काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको छ।

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा कर्फ्यु लगाएको छ।

मंगलबार बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाएका छन्। 

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वरचोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपालचोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको चक्रपथभित्रको सबै भूभागमा कर्फ्यु लगाइएको हो। 

null