'जेनजी' आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिएका हुन्।
उनले बालुवाटारस्थित मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
राजीनामा दिनुअघि कांग्रेस पदाधिकारीहरूको आकस्मिक बैठकमा उनले आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिँदै आफू पदमा रहन नसक्ने बताएका थिए। लेखक २०८१ असार ३१ गते गृहमन्त्री बनेका थिए।
आन्दोलनले उग्ररूप लिएपछि विभिन्न राजनीतिक दलले प्रधानमन्त्रीको पनि राजीनामा माग गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
