भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको ‘जेनजी आन्दोलन’का क्रममा गोली लागेर १७ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौँ– भ्रष्टाचार तथा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको छ। काठमाडौँका विभिन्न पाँच अस्पतालमा उपचारका लागि पुर्याइएकामध्ये १७ जनाको मृत्यु भएको हो।
अहिलेसम्म राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेस्ट अस्पतालमा तीन जना, सिभिल अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पतालमा एकसहित १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। अस्पताल पुर्याइएका अरू थुप्रै घाइतेको अवस्था चिन्ताजनक छ।
ट्रमा सेन्टरमा पुर्याइएका घाइतेमध्ये हालसम्म आठ जनाको मृत्यु भएको सेन्टरका निर्देशक डा. बद्री रिजालले बताए। उपचाररत अन्य केहीको अवस्था गम्भीर रहेको र उनीहरूको अपरेसनको तयारी भएको उनले बताए।
त्यस्तै, एभरेस्ट अस्पतालका प्रशासन प्रमुख अनिल अधिकारीले प्रदर्शनका क्रममा घाइते भएर उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको बताए।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार गोली लागेर ल्याइएकामध्ये दुई जनाको मृत्यु भएको छ।
यसैगरी, सिभिल अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले बताए। त्यस्तै, शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा एकको मृत्यु भएको छ।
आन्दोलनका क्रममा घाइते भएका १०० जनाभन्दा बढीको सिभिल, वीर, ट्रमा सेन्टर, एभरेस्ट, पाटन, केएमसी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
