जेनजीको प्रदर्शनका क्रममा मानव अधिकारको हनन भएको बताउँदै आयोगले यसलाई सुक्ष्म रूपमा अध्ययन गर्ने जनाएको छ।
काठमाडौँ– जेनजी आन्दोलनको क्रममा मृत्यु र घाइते भएकामाथि सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
आयोगले विज्ञप्ति प्रकाशित गरेर प्रदर्शनकारीमाथि लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार भएको जनाएको छ। काठमाडौँको माइतिघरबाट प्रदर्शन शुरू भएको थियो। प्रदर्शनकारी बबरमहल, बानेश्वर हुँदै संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको अनुमगनमा देखिएको विज्ञप्तिमा उल्लेख छ।
आयोगले सुरक्षा निकाय हिंसात्मक भएको जनाएको छ। आयोग पदाधिकारीको प्रारम्भिक चरणमा बसेको बैठकपछि उकालोसँगको फोनवार्तामा प्रवक्ता टीकाराम पोखरेलले सुरक्षा निकाय बढी नै हिंसात्मक रुपमा निस्किएको पाइएको बताए।
आयोगले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कोही व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्नो विमति राख्ने अधिकार भएको जनाएको छ। पछिल्लो पुस्ता (जेनजी) को आवाजप्रति गम्भीर बन्न पनि आयोगले सरकारलाई ध्यानार्कषण गराएको छ।
प्रवक्ता पोखरेल भन्छन्, “हुन त प्रदर्शनकारी पनि उग्र देखिएका छन्, तर त्यसको तुलनामा सुरक्षा निकायको प्रतिरक्षा बढी हिंसात्मक भएको थियो।”
प्रदर्शनका क्रममा मानव अधिकारको हनन भएको बताउँदै आयोगले यसलाई सुक्ष्म रूपमा अध्ययन गर्ने पोखरेलले बताए। आन्दोलनमा खटिएको रेस्क्यु टोली र सवारीमाथि समेत हिंसात्मक आक्रमण भएको पनि आयोगले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
