ट्रमा सेन्टर, सिभिल र शिक्षण अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, गोली लागेर अधिकांश घाइतेको रक्तनली चुडिएको, टाउको र छातीमा चोट लागेको र हड्डी भाँचिएको छ।
काठमाडौँ– ‘जेनजी आन्दोलन’का क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएकामध्ये २० जनाभन्दा बढीको शरीरबाट गोली झिक्न शल्यक्रिया गर्नुपर्ने भएको छ। काठमाठौँका विभिन्न अस्पतालमा पुर्याइएका घाइतेहरूमध्ये उनीहरूको शरीरबाट गोली झिक्न शल्यक्रिया गर्नुपर्ने भएको हो।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका २१ जना घाइतेमध्ये तीन जनाको शल्यक्रिया गरेर गोली झिक्नुपर्ने भएको छ। घाइतेको उपचारमा संलग्न न्युरो सर्जन डा. गोपाल सेढाइँका अनुसार, तीनमध्ये एक जनाको पेटमा गोली लागेको छ भने दुई जनाको टाउकोमा गोली लागेको छ। उनीहरूको शल्यक्रिया गर्ने तयारी भइरहेको डा. सेढाइले बताए।
हालसम्म उनीहरूको पहिचान खुलेको छैन। “कसैको पेटमा गोली लागेको छ भने कसैको खुट्टामा गोली लागेको छ, सबैलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ,” डा. सेढाइँले भने, “सामान्य घाइते भन्न मिल्ने अवस्थाका कोही छैनन्।”
त्यस्तै, सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार दुई जनाको शल्यक्रिया गरेर गोली झिकिएको छ भने सात जना गोली लागेका घाइतेको शल्यक्रियाको तयारी भइरहेको छ। घाइतेको टाउको र छातीमा गोली लागेको उनको भनाइ छ। “अधिकाशं गोली लागेका घाइते छन्, यहाँ नभ्याउने भएर अन्य अस्पताल पनि रेफर गरेका छौँ,” रेग्मीले भने।
ट्रमा सेन्टरमा पुर्याइएका ६७ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको ट्रमा सेन्टरमा उपचारमा संग्लग्न चिकित्सक डा. सन्तोष पौडेलले बताए। उनका अनुसार, गम्भीर चोट भएका १२ जना घाइतेलाई आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ भने बाँकी घाइतेलाई रगत चढाउने र घाउ सफा गर्नेजस्ता काम भइरहेको छ। “गोली लागेका, फोक्सोमा चोट लागेका, रक्तनली चुडिएका, हड्डी भाँच्चिएका जस्ता घाइते छन्,” डा. पौडेलले भने।
ट्रमा सेन्टर, सिभिल र शिक्षण अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, गोली लागेर अधिकांश घाइतेको रक्तनली चुडिएको, टाउको र छातीमा चोट लागेको र हड्डी भाँचिएको छ। शल्यक्रिया गर्नुपर्ने घाइतेको संख्या अझै बढ्न सक्ने उनीहरूको भनाइ छ।
“एक्स रे, एमआरई गर्दा थप शल्यक्रिया गर्नुपर्ने घाइते बढ्न सक्छन्, अहिले हामीले गम्भीर घाइतेलाई प्राथमिकता राखेर उपचार गरिरहेका छौँ,” शिक्षण अस्पतालका चिकित्सक डा. सेढाइँले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
