ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनासमेत १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौँ– भ्रष्टाचार तथा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ।
अहिलेसम्म राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा १ जना गरी १० जनाको मृत्यु भएको पुष्टि भएको छ। अस्पताल पुर्याइएका अरू थुप्रै घाइतेको अवस्था चिन्ताजनक छ।
ट्रमा सेन्टरमा पुर्याइएका घाइतेमध्ये ६ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले उकालोलाई बताए। त्यहाँ उपचाररत २९ मध्ये १० जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। उनीहरूको तत्काल अपरेसनको तयारी भएको उनले बताए।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले भने, “गोली लागेर ल्याइएकामध्ये एक जनाको मृत्यु भएको छ। अन्य दुई जनाको अवस्था पनि निकै चिन्ताजनक छ। उनीहरूको अपरेसनको तयारी भइरहेको छ।”
यसैगरी नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले बताए।
त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. सुवास आचार्यले घाइते १३ जनाको उपचार जारी रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
