जेनजी प्रदर्शनकारीका नाममा आगजनी र तोडफोड

आज बिहान माइतीघर मण्डलबाट शुरू भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो।

काठमाडौँ– नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ।

null

प्रदर्शनकारीले दुई नम्बर गेटमा आगजनी गरेका छन्। आज बिहान माइतीघर मण्डलबाट शुरू भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो। नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो।

null

प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनाैँ राउन्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो। आन्दोलन उग्र बन्दै गएपछि काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्र आसपासमा कर्फ्यु आदेश जारी गरिसकेको छ।