जिल्ला प्रशासन कार्यालय काठमाडाैँले अहिले १२:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।
काठमाडाैँ– जेनजीको आन्दोलन चर्किएसँगै काठमाडाैँको बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडाैँले अहिले १२:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु जारी गरेको हो।
काठमाडाैँ महानगरपालिकाभित्र बानेश्वर आसपास विभिन्न चार किल्ला बनाएर निषेधित क्षेत्र तोकिएको छ। बानेश्वर क्षेत्रसहित बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ रत्नराज्य माध्यामिक विद्यालयसम्म र दक्षिणतर्फ शंखमुल पुलसम्म निषेधित क्षेत्र तोकिएको हो।
ती सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु रातिको १० बजेसम्म कायम रहने प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
