संसद भवनसम्मै पुग्यो जेनजीको आन्दोलन (ड्रोन दृश्य)

बानेश्वरमा प्रहरीको अवरोध तोडेर संसद भवनभित्र छिर्न खोजेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

तस्वीरहरू: नेपाल न्युज बैंक

काठमाडौँ– काठमाडौँको माइतीघर मण्डलबाट शुरू भएको जेनजीको आन्दोलन बानेश्वरस्थित संसद भवनअगाडि पुगेको छ। बानेश्वरमा प्रहरीको अवरोध तोडेर संसदभवनसम्म पुगेको हो। 

null

संसद भवनभित्र छिर्न खोजेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। हजारौँको संख्यामा जेनजी युवाहरू विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर आन्दोलनमा सहभागी भएका छन्।

त्यहाँ प्रहरीले रोक्दा उनीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरेका छन् भने प्रहरीले लाठीचार्ज गरेको छ। केही संख्यामा अश्रुग्यास पनि प्रहार गरेको छ। त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

nullnullnullnullnullnull